शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु

460
SwadeshPost

१८ माघ, चितवन। शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु गरिएको छ।माडी ५ स्थित साहारा युवा क्लवद्वारा संचालित भवन करिब ५ महिनाको स्थगनपछि आईतबार बाट निर्माण कार्य सुचारु गरिएको सल्लाहकार नबिन घिमिरेले जानकारी दिनुभयो। कोरोनामहामारी लगत्तै आर्थीक अभाव भएपछि निर्माण कार्य रोकिएको थियो।

अब सो भवनमा ट्रस हाल्ने र रंग लगाउने काम बाँकी रहेको घिमिरेले बताउनुभयो। साथै आर्थिक सहयोगका लागि बोलकबोल गर्नुभएका र सहयोग गर्न चाहनुहुने दाताहरुलाई सहयोगका लागि क्लबले अपील गरेको छ।

SwadeshPost