महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै

278
SwadeshPost

२१ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै आधारभूत विद्यालय पाँचपाण्डवलाई सहयोग गरेकाे छ ।

महानायक हमालको टोली मध्यका रामकुमार भटराईले विद्यालयमा शैक्षिक सामग्रीका खरिद सहयोगका लागि ५० हजार रुपैंया सहयोगको जानकारी गराएको हो । हमालसंगै उहाँको निजी सचिव र साथीहरुको टोली माडी-१, पाण्डनगरकाे सरिता नमुना होमस्टेमा बसेको थियो । त्यस क्रममा टोलीले गोद्धक र पाँचपाण्डव क्षेत्रमा रहेका भीममन्दिर, पाँचपाण्डव मन्दिर र स्थानीय बस्तीमा घुमफिर समेत गरेको थियो ।

महानायकले निकट भविष्यमै चलचित्रको छायाँकन समेत गर्नेगरी माडी आउने जनाउनुभको छ । यसअघि उहाँले गत पौष दोश्रो साता माडीका घुमफिर गर्दै आफूलाई अति मन परेको बताउनुभएको थियो 

SwadeshPost