२२ गते विहीबारको आमहड्ताललाई सफल बनाउन माडी नगर कमिटिले अनुरोध गरेको छ ।

259
SwadeshPost

२२ माघ, चितवन । प्रचण्ड नेपाल नेतृत्वको नेकपाले माघ २२ गते विहीबारका लागि आह्वान गरेको आमहड्ताललाई सफल बनाउन सो समूहको माडी नगर कमिटिले अनुरोध गरेको छ ।कमिटिका अध्यक्ष प्रभुप्रसाद महतो र सचिव नारदमणि पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा संबिधानको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र संवैधानिक पदहरुमा गरिएको ‘असंबैद्यानिक’ विरुद्ध ‘बाध्यतावश’ आमहड्ताल आह्वान गरिएको भन्दै त्यसलाई सफल बनाउन आह्वान गरिएको छ ।

वक्तव्यमा, प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्ने प्रयत्न गरेको आरोप लगाइएको छ । सर्बोच्च अदालतमा विचाराधिन मुद्धाको किनारा नलाग्दै सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेर संविधान र लोकतान्त्रमाथि थप प्रहार गरेको समेत वक्तव्यमा जनाइएको छ ।

SwadeshPost