माडीको कीर्तनपुर बजारमा पिल्लर भत्काउँदै एक ट्याक्टर घरभित्र छिरेको छ

406
SwadeshPost

२२ माघ, चितवन । माडीको कीर्तनपुर बजारमा गएराती पिल्लर भत्काउँदै एक ट्याक्टर घरभित्र छिरेको छ । ना.३.त. ९३९४ नम्बरको ट्याक्टर कीर्तनपुर बजारस्थित रेवा मेडिकल हल रहेको घरमा छिरेको हो । ट्याक्टरको गति अत्यधिक रहेको र चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा राती करीब १०:३० बजे अनियन्त्रित भई ट्याक्टरले घरमा क्षती पु-याएको हो ।

ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । घरको पिल्लरमा क्षती पु-याउँदै घरमित्र घुसेको ट्याक्टर भने यो समाचार पोस्ट गर्दासम्म घटनास्थलमै रहेको छ । हाल मुचुल्का उठाइ जे.सि.बी.को सहयोगमा ट्याक्टर निकाल्ने प्रयास भइरहेको माडी प्रहरीले जनाएको छ ।

SwadeshPost