गृहमन्त्री थापाले नेकपा अध्यक्ष प्रचण्डलाई जावलाखेलको ‘जु’मा बन्धक बनाउने चेतावनी

156
SwadeshPost

काठमाडौं, २३ माघ । गृहमन्त्री राम बहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको ‘जु’मा बन्धक बनाउने चेतावनी दिनुभएको छ ।नेकपा ओली समुहको आम सभालाई संवोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेकपा अध्यक्ष प्रचण्डले मांसाहारी आन्दोलनको संज्ञा दिएको भन्दै उहाँले त्यस्तो आन्दोलन गरे चिडियाखानामा राख्ने चेतावनी दिनुभएको हो ।

‘राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन भने षडयन्त्र गरेर विस्थापन गरिन्छ । मांसहारी आन्दोलनबाट अपदस्त गरिन्छ भन्दै हिँडेका छन् । हाम्रो कानुन र संविधानले अपराध घोषित गरेको छ । त्यस्ता व्यक्तिहरुलाई जाउलाखेलको जुमा लगेर बन्द गरिनेछ,’ उहाँले भन्नुभयो ।अहिले भएको अस्थिरता पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीलाई अपदस्त गर्ने षडयन्त्रसँग जोडिएको उहाँले बताउनुभयो ।

SwadeshPost