माडीका एक वडाध्यक्ष छुट्टै राम मन्दिर निर्माण अभियानमा

487
SwadeshPost

२५, माघ, चितवन । केन्द्रमा प्रधानमन्त्री ओलीले रामधामका लागि राम र सीताका मुर्ती बनाइरहँदा माडी अयोध्यापुरीका एक वडाध्यक्षले छुट्टै राम मन्दिर निर्माण अगाडि बढाएका छन् ।माडी ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले वडा कार्यालयबाट २ लाख रुपैंया बजेट विनियोजन गरी दक्षिण अयोध्यापुरीमा राम मन्दिर निर्माण अगाडि बढाउनुभएको हो । पुरातात्वीक महत्वका ईंटा र भग्नावशेष भेटिएको मथुरा भण्डारीको जमीन क्षेत्रमा मन्दिर निर्माण र पुरातात्विक बस्तुहरुको संरक्षण कार्यक्रम अगाडि बढाइएको वडाध्यक्ष अधिकारीले जनाउनुभयो ।

मन्दिरका लागि हाल कलाकारहरु सुर्य मध्यरात र पार्वती विश्वकर्माले श्रीराम, कौशल्या र दशरथको मुर्ती बनाइरहनुभएको छ । मन्दिर बनाउन स्थानीयबासी मोहन अधिकारीको अध्यक्षतामा उपभोक्ता समिति गठन भई काम सुरु भइसकेको छ । यसअघि माडी नगरपालिकाले वडा नं. ९ स्थित कृष्णनगर पार्कलाई रामधाम निर्माण स्थलका रुपमा पहिलो प्राथमिकतामा सिफारिस गरेको थियो ।

SwadeshPost