माडीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलक छानिए

403
SwadeshPost

२५,माघ, चितवन । माडी नगर क्षेत्रमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरुको तथ्याङ्क संकलनका लागि संकलकहरूको छनोट गरिएको छ ।

नगरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको व्यवस्थापनका लागि कमोत भइरहेको जग्गाको तथ्याङ्क संकलनका लागि संकलकहरुको छनोट गरिएको नगरपालिकाका प्रवक्ता एवं माडी ९ का वडाअध्यक्ष शिवहरी सुबेदीले जानकारी दिनुभयो । प्रत्यक वडामा ४ जनाका दरले छनौट भएका संकलकहरूलाई सोमबार तालिम दिई तथ्याङ्क संकलन कार्य थालनी गरिने उहाँको भनाई छ ।संकलकहरुले अव्यवस्थित बसोबासी वा भूमिहीन दलित सुकुम्बासीको तथ्याङ्कका लागि आवश्यक कागजातहरु संकलन गरिने भूमि सम्बन्धी समस्या समाधान आयोगले जनाएको छ ।

भूमिहीन सुकुम्बासीहरु पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न ३ बर्षे समयसीमा सहित आयोग क्रियाशील रहेको आयोगका अध्यक्ष देवी ज्ञवालीले जनाउनुभयो ।

SwadeshPost