विश्व हिन्दू महासंघको माडी नगर समितिले १०८ वटा चौतारीहरू निर्माण गर्ने

506
SwadeshPost

२७ माघ, चितवन । विश्व हिन्दू महासंघको माडी नगर समितिले नगर क्षेत्रभरी १०८ वटा चौतारीहरू निर्माण गर्ने भएको छ ।समितिको पहिलो बैठकले माडीभर १०८ वटा चौतारी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको समितिका नवनिर्वाचित अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले जानकारी दिनुभयो । माडी नगरपालिका, वडा कार्यालयहरु तथा धार्मिक संघसंस्था र व्यक्तिहरुसंग समन्वय गरी चौतारीहरु बनाउन लागिएको अध्यक्ष सुवेदीको भनाई छ ।

चौतारीहरुको निर्माणबाट धार्मिक जागरण तथा वातावरणीय सरसफाई र ईको माडी नगरपालिका निर्माणमा सहयोग पुग्ने समितिको भनाई छ । त्यसैगरी, समितिको बैठकले कार्यालय सञ्चालन एवं वैदिक सनातन वाङ्गमय स्थापनाका लागि आर्थिक श्रोतको अभाव रहेकाले श्रोतको खोजी भइरहेको पनि जनाएको छ ।

SwadeshPost