जङ्गली हात्तीको आक्रमणबाट क्षति स्थानकाे नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन

627
SwadeshPost

२७ माघ, चितवन । जङ्गली हात्तीको आक्रमणबाट क्षति भएको माडी पाँचपाण्डवस्थित घरको नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । केहिदिन अगाडि माडी-१ पाण्डवनगर निवासी भुवन बि.क. को कच्ची घरको भित्ता र छानो जङ्गली हात्तीले भत्काएको थियो । सो घरमा भएको क्षतीको अवलोकनका लागि नगर प्रमुख ठाकुर ढकाल, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा लगायतको टोली पुगेको हो । अवलोकनका क्रममा पीडित वि.क.लाई मध्यवर्ती उपभोक्ता समितिको तर्फबाट रु. १० शजार राहतस्वरुप प्रदान गरिने अध्यक्ष नारायण दत्त सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, नगर प्रमुख ढकालले स्थानीयसंग कुराकानी गर्दै खरको छानो विस्थापित गरी टिनको छानो हालिने तथा उक्त स्थानमा अति विपन्न दलित समुदायका ५ परिवारको पक्की घर निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, जीवनस्तर उकास्न नगरपालिकाको साझेदारीमा पर्यटन सम्बन्धी गतिविधी बढाउन पनि उहाँको आग्रह थियो ।

SwadeshPost