माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति देखिने चट्टान भेटिएको छ

698
SwadeshPost

२७ माघ, चितवन । माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति जस्तै देखिने चट्टान भेटिएको छ ।हुलाकी मार्गबाट करीब ३ किलोमिटर दक्षिणतर्फ, हालै सुख्खा पहिरो गएको स्थान नजिकै परुईको एक शाखा खोल्सोमा त्यसप्रकारको मुखाकृति देखिने चट्टान भेटिएको हो । सो स्थानमा राम र सीताको मुखाकृतियुक्त चट्टानसंगै २ वटा साना झरना, बाँदर सेनाको समूह जस्तो देखिने पत्थर र अन्य आकर्षक शिलाहरु भेटिएका हुन् ।

माडी ८ स्तरीय रामधाम समितिका सचिव एवं धार्मिक अध्येता कृष्णानन्द वत्सले सो स्थानमा भेटिएका शिला र चट्टानहरु वाल्मीकि रामायणसंग सम्बन्धित रहेको दावी गर्नुभएको छ । परुई खोलालाई सरयु नदीको रुपमा दावी गर्दै आउनुभएका उहाँले सो क्षेत्रको अवलोकन, प्रवर्धन र संरक्षणका लागि आग्रह गर्नुभयो ।

SwadeshPost