वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु

309
SwadeshPost

२८ माघ, चितवन । साइकलमा माडी घुम्न चाहने साइकल पारखीहरुलाई लक्षित गर्दै माडी नगरपालिका वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु गरेको छ ।स्वास्थ्य र पर्यटन संगसंगै भन्ने अवधारणा सहित माडी १ को चालू आर्थिक बर्षको कार्यक्रम अन्तरगत वडाको खेलकूद समितिले ३ लाख रुपैंयाको बजेटमा अन्य खेलकूद सामग्रीहरुसहित पाँचवटा माउन्टेन बाइकहरु पनि खरिद गरेको हो । साइकल स्ट्यान्ड बरुवा बजारको तीनकुने चोकमा रहने र त्यहाँबाट इच्छुक साइकल यात्रीहरुले तोकिएको भाडा तिरेर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

माडीमा यसअघि माडी ८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेले साइक्लिङ सेवा उपलब्ध गराएको थियो । पछिल्लो समय विश्व साइकल यात्री पुष्कर शाह सहितको टोलीले माडीको सोमेश्वरगढीसम्म साइकल यात्रा गरेसंगै स्थानीय युवाहरुमा यसतर्फ चाख बढेको छ । साइकल यात्राको दर र माग बढेमा थप साइकलहरुको व्यवस्था गरिने माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost