चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारी गरेको आरोपमा माडीका १ जना सहित १४ जनाको गिरोह हातहतियार सहित पक्राउ

384
SwadeshPost

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारी गरेको आरोपमा माडीका १ जना सहित १४ जनाको गिरोह हातहतियार सहित पक्राउ परेको छ ।पक्राउ परेकाहरुलाई चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. ९ का ३२ बर्षीय दुर्गा भुजेल भनिने दुर्गा बहादुर सार्की सहित अन्य जिल्लाका १३ जना गैंडा तस्करीमा संलग्न व्यक्तिहरू रहेका छन् ।

उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, एक स्कर्पियो गाडी, मोटरसाइकल, बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर, पैसाको बन्डल जस्तो देखिने कागजको बन्डल र खाने कुराहरू बरामद गरिएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

पक्राऊ परेकालाई निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ । तस्करीमा संलग्न थप १७ जना फरार रहेकाले खोजी कार्य भइरहेको बरालले बताउनुभयो ।

SwadeshPost