४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गन्न निर्वाचन आयोगलाई सुझाव :प्रचण्ड-माधव समूह माधवकुमार नेपाल

272
SwadeshPost

२८ माघ, चितवन । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गन्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आयोगलाई प्रधानमन्त्री ओलीको कुरामा नलाग्न अनुरोध गर्दै आवश्यक परे केन्द्रीय सदस्यहरुको टाउको गन्न सुझाउनुभएको हो । प्रधानमन्त्री ओली स्वघोषित पहिलो अध्यक्ष भएको जिकीर गर्दै नेपालले ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप समेत लगाउनुभयो ।

यसैबिच, नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आगामी दुईवर्षपछि मात्रै चुनाव हुने र सो चुनावमा ओलीको जमानत जफत हुने टिप्पणी गर्नुभयो । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै व्यङ्ग समेत गर्नुभएको थियो ।

SwadeshPost