सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने प्रचण्डको चेतावनी

112
SwadeshPost

२८ माघ, काठमाडाैं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने चेतावनी दिनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो । विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै उहाँले पार्टी केन्द्रीय समितिका ७० प्रतिशत आफूहरुसँग रहेको दावी गर्नुभयो ।

मन्तव्यका क्रममा प्रचण्डले केपी ओली समूहमा रहेका केहि नेता र २ जना मन्त्रीहरु आफूहरुतर्फ आउन लागेको समेत जिकीर गर्नुभयो । बुधबारको जनसभाले अदालतलाई प्रतिनिधीसभा पुनर्स्थापनाको निर्णय गर्न सहज हुने उहाँको टिप्पणी थियो ।

Mahindra