अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोग

52
SwadeshPost

२८ माघ, चितवन । माडी-८, खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोगस्वरुप प्राप्त भएको छ ।रोटरी क्लब नारायणी मिट टाउन र रोटरी डेनमार्कको सहयोगमा एक कार्यक्रमकाबीच अस्पताललाई सो सहयोग गरिएको हो । उक्त संस्थाले दिएको औजार उपकरणले आगामी दिनहरुमा बिरामीहरुको उपचारका सहज हुने चौकीमा कार्यरत स्वस्थकर्मीहरुले बताएका छन् ।

माडी ८ का अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि रोटरीका नेपाल भुटान डिस्ट्रिक गभर्नर राजीव पोख्रेल रहनुभएको थियो । कार्यक्रमको सञ्चालन माडी नगरपालिका स्वास्थ्य संयोजक शिव सुबेदीले गर्नुभएको थियो ।

Mahindra