हात हेराउने बहानामा करणीको प्रयास

182
SwadeshPost

२९ माघ, चितवन । हात हेराउने बहानामा एक किशोरीको शरीरका संवेदनशील अंगहरु समाई करणीको प्रयास गरेको आरोपमा माडी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोगीको भेषमा रहेका बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष २२ का राजन नट रहेका छन् । उनलाई माडी नगरपालिका ३, इनारबरुवा निवासी बर्ष १२ की एक किशोरीलाई घरमा अरु कोहि नभएको समयमा हात हेराउने बहाना बनाई किशोरीकै घर भित्र लगी बिभिन्न अङ्गमा छुने र समाउने गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय माडीले पक्राउ गरेको हो ।

किशोरीको परिवारले जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो । आरोपित नटलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर चलान गरेको छ ।

SwadeshPost