थारु गायक नरेश जोगीको थारु गीत नयनोसे नयनको म्युजिक भिडियो माडीमा छायाँकन

578
SwadeshPost

३० माघ, चितवन । माडीका विभिन्न स्थानहरुमा चर्चित थारु गायक नरेश जोगीको नयाँ थारु गीत नयनोसे नयनको म्युजिक भिडियो छायाँकन गरिएको छ ।माडीको अम्रौली गाउँ, सिधुवा चौर, माडी भिलेज रिसोर्ट लगायतका स्थानहरुमा सो भिडियो छायाँकन गरिएको हो ।

भिडियोमा दाङ लमहीकी शिरु चौधरी र नवलपुर (सुस्ता पश्चिम)का सन्देश थारुको मुख्य भूमिका रहेको छ भने माडीका विभिन्न थारु गाउँहरुका थारु किशोरीहरुले समेत नृत्य प्रस्तुत गरेको गायक जोगीले जनाउनुभयो । भिडियो आउँदो फागुन महिनाको अन्त्यतिर रिलिज हुने बताइएको छ ।

SwadeshPost