नेपाल पूर्व प्रहरी संगठन माडी इकाईको अध्यक्षमा हेमलाल ढकाल

336
SwadeshPost

३० माघ, चितवन । नेपाल पूर्व प्रहरी संगठन माडी इकाईको अध्यक्षमा हेमलाल ढकाल दोहोरिनुभएको छ ।ईकाईको बसन्तपुरमा सम्पन्न भेलाले माडी १, बरुवा निवासी पूर्व प्रहरी नायव निरीक्षक ढकाललाई आगामी कार्यकालको नेतृत्वको जिम्मेवारी दिएको हो । इकाईको उपाध्यक्षमा चुडामणि पाण्डे, सचिवमा रुद्र बहादुर सिंजाली, सहसचिवमा भीम बहादुर थापामगर र कोषाध्यक्षमा सुकदेव लामिछानेलाई जिम्मेवारी दिएको हो ।त्यसैगरी सदस्यहरुमा छविलाल बि.क., महावीर महतो, चित्र बहादुर रानामगर र जित बहादुर गुरु चयन हुनुभएको छ ।

अमर प्रहरी परिवारका तर्फबाट रुकमाया अधिकारी र ईलाका प्रहरी कार्यालय माडीलाई प्रतिनिधी सदस्य बनाइएको छ । इकाईका सल्लाहकारहरुमा पूर्व प्रहरीहरु गणेश बहादुर भट्टराई, भोजराज तिवारी र तुल्सीराम अधिकारी रहनुभएको छ ।

SwadeshPost