भारतीय बालुवा तस्कर र नेपाली सशस्त्र प्रहरीबीच झडप हुँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते

413
SwadeshPost

३० माघ, पर्सा । भारतीय बालुवा तस्कर र नेपाली सशस्त्र प्रहरीबीच झडप हुँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।पर्साको जगनाथपुर-१ पिपरास्थित ओरिया खोलामा बालुवा लिन आएका भारतिय तस्करहरूलाई रोक्ने क्रममा झडप भएको हो । झडपमा सशस्त्र प्रहरी आयुष राय यादव र नरेश यादव घाइते भएका छन् । उनीद्वयको नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ ।

झडपमा स्थानीय गाउँलेहरुले बाँसका भाटा, बेल्चा तथा ढुङ्गा प्रहार गरेपछि दुई जना प्रहरी सामान्य घाइते भएका हुन् । नियन्त्रणमा लिएको ट्याक्टर पनि भारतियले लगेका थिए । त्यस क्षेत्रमा वर्षौंदेखि भारतीय तस्करहरु नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरेको र रोक्न खोज्दा नेपाली र शसस्त्र प्रहरीलाई समेत कुट्ने गरेको बताइन्छ ।

SwadeshPost