रामको जन्मभूमिकाे प्रमाणित गर्न आफू त्यसबेलाको सुँडेनी नभएको ओलीले कटाक्ष

238
SwadeshPost

फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि प्रमाणित गर्ने विषयलाई लिएर नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्नुभएको छ ।

रामको जन्मभूमि चितवन माडीको अयोध्यापुरी भएको प्रमाणित गर्न प्रचण्डले आफूलाई सुझाव दिएकोप्रति कटाक्ष गर्दै ओलीले रामको जन्मभूमि अयोध्यापुरी भएको प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताउनुभएको हो ।प्रचण्डले गत माघको २८ गते भगवान् रामको जन्म अयोध्यापुरी भएको पुरातात्विक अन्वषेणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।

‘केही दिन अगाडि एकजना मान्छे (प्रचण्ड)ले भनेछन्, अयोध्यापुरीमा रामको जन्म भएको प्रमाणित हुनप-यो । बढो गाह्रो प्रश्न छ । अब म त्यसबेलाको सुँडेनी हुनुप-यो ?’, प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्दै प्रतिप्रश्न गर्नुभयो । सो अवसरमा उहाँले संसारमा अरू ठाउँ कहीँ पनि भगवान् रामको जन्म भनेर प्रमाणित नभएको समेत बताउनुभयो ।

SwadeshPost