जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबलाई

499
SwadeshPost

२ फागुन, चितवन । माडीमा खैरहनीमा सञ्चालित जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा बसन्तपुर युथ क्लब ‘ए’ ले कल्याणपुर क्रिकेट क्लबलाई ३५ रनले उपविजेतामा सीमित गर्दै उपाधी उचालेको हो । टस जितेर व्याटिङ रोजेको बसन्तपुरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४९ रन जोडेको थियो । १५० रनको टार्गेट लिएर जवाफी व्याटिङमा उत्रिएको कल्याणपुर १७ ओभरमा ११४ रन बनाउँदै अलआउट भएको थियो ।

खेलमा ४ विकेट लिएका बसन्तपुरका विकास बराल म्यान अफ द म्याच घोषित हुनुभयो ।प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट र बेस्ट व्याट्सम्यान बसन्तपुरका चिरन श्रेष्ठ, बेस्ट बलर बसन्तपुरकै निशव तिमिल्सिना र बेस्ट विकेट किपर बसन्तपुरकै अभिषेक पौडेल घोषित हुनुभयो । विजेता र उपविजेता टोलीले क्रमशः ३० हजार र १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । माडी ४ खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा माडीभरका ९ वटा क्रिकेट टोलीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost