अपांग समुदायद्वारा सञ्चालित अयोध्यापुरी कृषि सहकारीलाई कम्प्युटर सेट प्राप्त

467
SwadeshPost

३ फागुन, चितवन । अपांग समुदायद्वारा सञ्चालित माडी-७, देबेन्द्रपुरस्थित अयोध्यापुरी कृषि सहकारी संस्थालाई अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कम्प्युटर सेट प्रदान गरेको छ ।

सोमबार एक कार्यक्रमबिच समितिका अध्यक्ष शिवजी गायकले सहकारीलाई कम्प्युटर सेट हस्तान्तरण गर्नुभएको हो । ‘वन तथा वन्यजन्तु संरक्षणमा हाम्रो दायित्व’ बिषयक एक अन्तरक्रिया कार्यक्रमको सन्दर्भ पारी सहकारीलाई कम्प्युटरसेट प्राप्त भएको सहकारीका अध्यक्ष पूर्ण बहादुर रानाभाटले जानकारी दिनुभयो ।

रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गायकले वन, बन्यजन्तु र वातावरण संरक्षणबारे प्रशिक्षण समेत दिनुभएको थियो । कार्यक्रममा स्थानीय परुई मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र सहकारीका सदस्यहरु गरी करीब ६० जनाको सहभागिता रहेको थियो ।

SwadeshPost