ओली पक्षीय नेकपा चितवनको जिल्ला अध्यक्षमा रावल र सचिवमा खनाल चयन

51
SwadeshPost

५ फागुन चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चितवन जिल्ला अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ र सचिवमा प्रकाश खनाल (शैलेस) चयन हुनुभएको छ ।

बुधबार बसेको ओली पक्षीय नेकपाको जिल्ला कमिटि बैठकले अध्यक्षमा रावललाई चयन गरेको हो । राष्ट्रियसभा सदस्य तथा सोको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति समेत रहनुभएकी उहाँ तत्कालीन नेकपा एमालेको जिल्ला सचिव रहनुभएको थियो । जिल्ला सचिव चुनिनुभएका शैलेश भने रामबहादुर थापा बादल निकट मानिनुहुन्छ ।

बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटि गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको जनाइएको छ ।

Mahindra