साहारा युवा क्लबको आयोजनामा ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ हुने

525
SwadeshPost

चितवन । खेलकूद, रक्तदान र अन्य सामाजिक गतिविधीहरुमा निरन्तर सक्रिय रहेको माडी-५, ब्रह्मपुरीस्थित साहारा युवा क्लबले ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरेको छ ।

क्लबले भरतपुरस्थित मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा विश्वास फार्मेसी बसन्तपुर, माडी नगर स्वास्थ्य इकाई, माडी ९ वडा कार्यालय र बगही दलित युवा संघको सहकार्यमा शिविर सञ्चालन गर्न लागेको हो ।

पूर्वी माडीका बिपन्न तथा चेपाङ परिवारलाई लक्षित गरी पेट, मुटु, छाती, मधुमेह, थाईराईड, छाला, यौन, कुष्ठ तथा नशा र मानसिक रोग बिषेशज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य परीक्षण र उपचार हुनेगरी शिविर आयोजना गरिएको क्लबले जनाएको छ ।बगहीँस्थित गोविन्दबस्ती आधारभूत विद्यालयमा विहान १० बजेबाट शिविर सञ्चालन हुने क्लबका सल्लाहकार संयोजक नविन घिमीरेले जानकारी दिनुभयो । शिविरमा सहभागी भई स्वास्थ्य लाभ गर्न सम्बन्धित व्यक्तिहरुलाई क्लबको आग्रह छ । शिविरको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost