नेपाल शिक्षक संघ माडी नगर समितीको तेश्रो स्थानिय प्रतिनिधि सभा सम्पन्न

480
SwadeshPost

७ फागुन, चितवन । नेपाल शिक्षक संघ माडी नगर समितीको तेश्रो स्थानिय प्रतिनिधि सभा सम्पन्न भएको छ ।शुक्रबार भएको सभामा शिक्षकका हक र अधिकारका निम्ति नेपाल शिक्षक संघ माडी नगर समिति सक्रिय पूर्वक अगाडि बढिरहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । समितिका अध्यक्ष विश्वनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल शिक्षक संघ संघिय समितिका महासचिव सोमनाथ गिरी रहनुभएको थियो ।

विशिष्ट अतिथिमा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष डा. हरि कँडेल, अतिथिहरुमा नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अर्थ सचिव टिका कुमारी खत्री, नेपाली काँग्रेस माडी नगर समिति उपसभापति प्रेम कुमारी अधिकारी लगायत अन्य बुद्धिजीवी अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव बोधराज बराल रहनु भएको थियो ।

SwadeshPost