आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु

693
SwadeshPost

७ फागुन, चितवन । माडीको कृष्णनगरस्थित शान्त घर रिसोर्टले आन्तरिक तथा बाह्य दुबैखालका पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु गरेको छ ।यस अन्तरगत माडीको कृष्णनगरस्थित रिसोर्टबाट जिप सफारी सुरु गरी चितवन राष्ट्रिय निकुञ्जभित्र बगहीँ पोष्ट, घाँघर पोस्ट, बोटेसिमरा पोस्ट र धोबाहा पोस्ट हुँदै तमोर तालको बाटो कसरा पुगी घडियाल गाही प्रजनन केन्द्र कसरा पुगिन्छ । त्यहाँबाट सुगिभार, भिम्ले, खोरिया मुहान हुँदै नारायणी नदी किनार पुगी खाना खाई सोही रुटबाट माडी फिर्ता हुने रिसोर्टका सञ्चालक हरि पौडेलले जनाउनुभयो ।


माडीबाट पहिलोपटक जिप सफारी सञ्चालन सुरु गरिएको र यसका लागि चितवन राष्ट्रिय निकुञ्जबाट इजाजतपत्र प्राप्त भएसकेको सञ्चालक पौडेलले जनाउनुभयो । यसअघि जंगल वाक र क्याम्प फायर नाइट स्टेको सेवा चलिरहेकोमा माडीको थप पर्यटन प्रवर्धनका लागि जिप सफारी सेवा सुरु गरिएको पौडेलको भनाई छ ।

SwadeshPost