‘माडी माइती घर’ नामको संस्था स्थापना

18
SwadeshPost

९ फागुन, चितवन । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व छात्राहरुले ‘माडी माइती घर’ नामको संस्था स्थापना गरेका छन् ।विष्णु तिवारीको अध्यक्षतामा बचत कोष समेत सञ्चालन गर्नेगरी माडी माइती घर संस्था स्थापना गरिएको हो । यस्तै संस्थाको सचिवमा मनरुपा पौडेल तिवारी, सह-सचिवमा भिमा पौडेल, कोषाध्यक्षमा दुर्गा लामिछाने चयन हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा मुना बराल, शान्ता पौडेल, गायत्री भुषाल र देवी पौडेल रहनुभएको छ ।

त्यसैगरी संस्थाको सल्लाहकार संयोजकमा ईश्वरा तिवारी तथा सदस्यहरुमा अम्बिका सिग्देल र बालकुमारी रानाभाट चयन हुनुभएको छ । त्यस्तै माइतीतर्फको सल्लाहकार संयोजकमा कृष्णहरि पौडेल र सदस्यहरुमा सुवास तिवारी, शोभाकान्त बस्याल, देवप्रसाद पाण्डे, थनिश्वर पोख्रेल, नेत्रप्रसाद लामिछाने र कृष्णप्रसाद तिवारी रहनुभएको छ ।

Mahindra