प्रतिनिधिसभा पुनस्थापना हुँदा जनताको जीत : पुष्पकमल दाहाल

685
SwadeshPost

११, फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले प्रतिनिधिसभा पुनस्थापना हुँदा जनताको जीत भएको बताउनुभएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापन को निर्णय सुनाए लगत्तै संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको भएको बताउनुभएको हो ।

उहाँले बुधबार (फागुन १२ गते) भरतपुरमा आयोजित बिरोधसभा यथासमयमा बिजयसभाका रुपमा मनाइने पनि उद्घोष गर्नुभयो ।त्यस्तै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनलाई स्वागत गर्दै न्यायालयप्रति जनताको विश्वास र भरोसा कम हुन नपरेको टिप्पणी गर्नुभयो ।

SwadeshPost