माडीमा राम मन्दिर बनाई ओलीलाई पुजारी राख्ने पूर्वमन्त्री पाण्डेको कटाक्ष

122
SwadeshPost

दाहाल-नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवन माडीमा राम मन्दिर बनाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुजारीको रुपमा राख्ने कटाक्ष गर्नुभएको छ ।

प्रतितिधीसभा पुनःर्स्थापनाको सन्दर्भमा भरतपुरमा नेकपा चितवनद्वारा सम्पन्न विजय सभामा बोल्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई पुजारी बनाउनुपर्ने कटाक्ष गर्नुभएको हो । केही साताअघि भरतपुरमै सम्पन्न आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम र सीताको मुर्ती बनिसकेको जनाउँदै आउँदो बर्षको रामनवमीमा माडीमा राम मन्दिर शिलान्यास गर्ने बताउनुभएको थियो ।

चितवनबाट निर्वाचित तीन सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘खोइ तीन सांसदरु आजका दिनसम्म उनीहरुले के गरे’ भन्दै प्रश्न पनि गर्नुभएको थियो । नेता पाण्डेले “म यहाँका मेयरलाई आग्रह गर्न चाहन्छु, माडीमा राम मन्दिर बनाएर त्यसको पुजारी ओलीजी राखौँ” भन्दै ओलीको भनाइको प्रतिवाद गर्नुभएको हो ।

Mahindra