माडी संचालित आई. सि. टि. ट्रेनिङ सम्पन्न

243
SwadeshPost

चितवन । माडी नगरपालिका भित्र रहेका शिक्षकहरूका लागि संचालित दोश्रो चरण अन्तर्गतको आई. सि. टि. ट्रेनिङ आईतबार सम्पन्न भएको छ ।माडी नगरपालिकाको आयोजनामा संचालित माडी भरका माध्यमिक र आधारभूत बिद्यालयका गरी २४ जनाको सहभागिता रहेको थियो । शिक्षालाइ थप गुणस्तरिय र समय सापेक्ष बनाउनुका साथै विज्ञान र प्रविधि संग नजिक गराउन मदत पुर्याउने भएकाले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रममा बोल्दै नगरपालिका प्रशासकिय प्रमुख पुष्पराज ढकालले नगर भित्र रहेका विद्यालयहरूलाई आगामी बजेटबाट न्यूनतम आई सि टि सामग्री उपलब्ध गराउने योजना रहेको बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर उपमेयर तारा कुमारी काजी महतो रहनु भएको थियो । अतिथिहरुमा दिवाकर स्मृति विद्यालयका प्रधानाध्यापक ऋषि राम काफ्ले लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost