मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक घरमा आगलागी

514

१६ फागुन, चितवन । मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक घरमा आगलागी भऐको छ । दिउँसो करीब २:२५ बजेको समयमा माडी न.पा. – ७, देबेन्द्रपुरस्थित शिवालय मन्दिर नजिक रहेको टोक प्रसाद गौडेलको ढुङ्गामाटोको गारो भएको र टिनको छानो भएको दुई तले घरमा आगोलागी हुँदा घर पुर्ण रुपमा जलेर क्षतिग्रस्त भएको हो ।

आगलागीबाट मानबिय क्षती नभएपनि करीब १० लाख बराबरको धनमाल र एउटा बाख्रा जली मृत्यु भएको छ ।आगलागी लगत्तै माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सामुहिक पहलमा आगो निभाइएको छ ।

SwadeshPost