शैक्षिक योगदान पुर्‍याउनु भएका शिक्षक टकबहादुर थापाको निधन

428
SwadeshPost

१५ फागुन, चितवन । माडी क्षेत्रमा लामो समयसम्म शैक्षिक योगदान पुर्‍याउनु भएका शिक्षक टकबहादुर थापाको निधन भएको छ । माडी माध्यमिक विद्यालय, बसन्तपुरमा १३ बर्ष र त्यसपछि निरन्तर जनजीवन माध्यमिक बिद्यालय, खरकट्टामा माध्यमिक तहको अंग्रेजी भाषा शिक्षण गरि महत्त्वपूर्ण शैक्षिक योगदान गर्नुभएका शिक्षक थापा पछिल्लो समय ठोरीमा निवृत्त जीवन बिताउँद‌ै आउनुभएको थियो । ठोरी क्षेत्रमा समेत शैक्षिक उन्नयनमा दिवंगत शिक्षक थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ ।

लामो अवधीको शिक्षणसंगै शिक्षक थापाको घाँटीमा स्वास्थ्य समस्या रहेको थियो । अत्यन्त कर्मठ र सम्मानित जीवन व्यतित गर्नुभएका दिवंगत शिक्षक थापाप्रति हार्दिक श्रद्धाञ्जली ।

SwadeshPost