सहकारी संस्थाहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन

88
SwadeshPost

१९, चितवन । माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।बसन्तपुरस्थित होटल प्याराडाइजमा भएको कार्यक्रममा सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख ठाकुर प्रसाद ढकालले शुन्य प्रतिशत ब्याजदरमा कृषकहरूलाई ऋण उपलब्ध गराउने र जुन कामको लागि ऋण लिएको सो काम भए नभएको अनुगमन गर्ने लगायतका निर्णय नगरपालिकाले बनाएको बताउनु भयो ।

रवि शंकर शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर प्रमुख ठाकुर प्रसाद ढकाल,अतिथि वडा २ का अध्यक्ष ईश्वरी प्रसाद ढकाल लगायत सहकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Mahindra