माडीको बाँदरझुलामा खाद्यान्न वितरित

340
SwadeshPost

१९ फागुन, चितवन । ओमेन एक्ट, बि.डि.एस. र सि.डब्लु. एन. नामका तीनवटा संस्थाहरुले संयुक्त रुपमा माडीको बाँदरझुलामा खाद्यान्न वितरण गरेका छन् ।

माडी–९, बाँदरझुला निवासी अति बिपन्न २८ घरपरिवारलाई बुधबार एक कार्यक्रमबिच चामल, दाल, तेल र प्राथमिक उपचारका लागि सिटामोल, डेटल, ब्यान्डेज लगायतका सामग्री बितरण भएको हो । विपन्न परिवारहरुलाई दैनिकी जीवनयापनमा सहजत होस् भन्ने उद्देश्यले राहत सामग्री हस्तान्तरण गरिएको दातृसंस्था सम्बद्ध पिंकी गुरुङले बताउनुभयो । कार्यक्रम वडाअध्यक्ष शिवहरी सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SwadeshPost