Post By: स्वदेश न्यूज डेस्क

ब्लड डोनर्स सोसाइटीमा विवादबीच दवाडी अध्यक्ष चयन, भरतपुर–माडीले बहिष्कार

०५ बैशाख, माडी । रगत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ । अधिवेशनले अन्जन दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

वन्यजन्तु सप्ताहमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे अन्तरक्रिया

०६ बैशाख, माडी । ३१औं वन्यजन्तु सप्ताहको अवसर पारी माडीमा मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै माडीका जनप्रतिनिधि, संरक्षणकर्मी र अन्य सरोकारवालाहरुले खुलेर बहस छलफल गरेका छन्

नागरिक समाज माडीको संयोजकमा सापकोटा, प्रवक्तामा अधिकारी चयन

०५ बैशाख, माडी । नागरिक समाज माडीको संयोजकमा रमाकान्त सापकोटा र प्रवक्तामा सन्तोष अधिकारी चयन हुनुभएको छ । माडी–६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनबाट जगन्नाथपुरी निवासी नागरिक अगुवा सापकोटालाई संयोजकको र

माडीको द्रौपतिनगरमा अज्ञात पुरुषको शव फेला

०५ बैशाख, माडी । चितवनको माडी नगरपालिका–१, द्राैपतिनगरस्थित बाँसघारी नजिक एक अज्ञात पुरुषको शव फेला परेको छ। आज (वैशाख ५ गते) दिउँसो करिब ३:२० बजे करिब ३५ वर्ष जति उमेरको देखिने पुरुष मृत अवस्थामा

देबेन्द्रपुर शनि धाममा जेठ २ गते ११औँ शनि जयन्ति उत्सव हुने

०५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी–७, देबेन्द्रपुरस्थित शनि धाममा एघारौँ शनि जयन्ति उत्सव सञ्चालन हुने भएको छ। आउँदो जेठ २ गते शनिबार परेको उक्त उत्सवमा यस वर्ष विविध सांस्कृतिक कार्यक्रमसँगै दुना–टपरी बनाउने

मुख्यमन्त्रीको व्यस्तताले घर्ती प्रतिष्ठानको कार्यक्रम स्थगित

०५ बैशाख, माडी । माडी–६, रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको साधारणसभा तथा प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा (भोलि) बैशाख ६ गते आइतबार आयोजित

शोभाखर काफ्ले स्मृति फुटबल प्रतियोगिता बैशाख १८ देखि

०५ बैशाख, माडी । माडी-२, भैरवपुर गाउँका दिवंगत समाजसेवी शोभाखर काफ्‌लेको स्मृतिमा आउँदो बैशाख १८ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ज्ञानज्योति युवा क्लबको आयोजनामा भैरवपुर फुटबल चौरमा तेश्रो संस्करणको प्रतियोगिता सञ्चालन

माडीमा सवारी चेकजाँच कडा, ट्राफिक नियम उल्लंघनकर्तामाथि कारबाही

०४ बैशाख, माडी । ईलाका प्रहरी कार्यालय माडीले सवारी चेकजाँचलाई कडा बनाएको छ । पछिल्लो समयमा माडीमा दुर्घटना बढ्दै गएको अवस्थामा विशेषगरी मोटरसाइकल चालकहरुले सुरक्षा सतर्कता नअपनाई सवारी चलाउने क्रम बढ्दै गएको देखिएकोले सम्भावित

माडीमा भ्रष्टाचार नियन्त्रण र सुशासनबारे अन्तरक्रिया सम्पन्न

०५ बैशाख, माडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयको आयोजनामा माडीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा माडीका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा