आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

अन्तर्वार्ता-पडकास्ट पोष्ट

‘बिक्रम पाण्डेको क्षेत्रमा बजेट नदिन प्रचण्डको निर्देशन’: राप्रपा नगर अध्यक्ष भण्डारी (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । राप्रपा माडी नगर अध्यक्ष वीरेन्द्र भण्डारीले ‘सांसद बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा बजेट नदिन तात्कालीन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएअनुसार पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बजेट नहालेको’ आरोप लगाउनुभएको छ ।

विज्ञापन १

स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग उत्तरित हुँदै माडी-८ का वडाध्यक्ष समेत रहनुभएका भण्डारीले सो आरोप लगाउनुभएको हो । फेरिपनि, ‘माडीको विकासका लागि सबैभन्दा धेरै खटेको र बजेट ल्याएको पार्टी राप्रपा र नेता बिक्रम पाण्डे नै रहेको’ उहाँको जिकिर थियो ।

विज्ञापन २

आफू बागमती प्रदेश मन्त्रालयमा पुगेपनि कोहि मन्त्री नभेटेको र सांसद पाण्डेकै निर्देशनबाट प्रदेश सरकारबाट माडीमा ३ करोड बढी बजेट परेको उहाँले दाबी गर्नुभयो । ‘माडीमा रीउ करिडोर र रिंग रोडको परिकल्पना सांसद पाण्डेले नै ल्याएको तथा जंगलभित्रको रुख कटान पनि सांसद पाण्डेले गरेको’ भन्दै नगर अध्यक्ष भण्डारीले ‘आफूले पनि बैकुण्ठ ताल क्षेत्रको विकास गरेको तथा राममन्दिरमा समेत बजेट हालेको’ बताउनुभयो ।

विज्ञापन ३

‘नेपालमा बंगलादेशबाट मनसुनमात्रै नभई राजनैतिक आँधीबेहरी आइरहेको’ र त्यसले कांग्रेस, एमाले, माओवादीलाई असर पर्ने दाबी गर्दै उहाँले ‘राष्ट्रियता र राष्ट्र बचाउन राजतन्त्र पुनर्स्थापना आवश्यक रहेको’ समेत जिकीर गर्नुभयो । ‘बाहिर प्रचारप्रसारमा धेरै नदेखिएपनि राप्रपाको संगठन माडीमा चलायमान रहेको’ उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया