चितवन खबर पोष्ट

माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद

माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ ।

हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा बोरामा प्याकिङ रहेको ९० किलोग्राम गाँजा बरामद गरेको हो ।

मकैबारीमा गाँजा लुकाई राखेको विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङको कमाण्डमा पुगेको प्रहरी टोलीले खानतालासी गर्दा माडी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका प्रजाको टहरा अगाडिको मकैबारीबाट गाँजा बरामद गरेको हो । यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार