चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–१, बरुवा, चितवनस्थित शिवशक्ति आमा समूहले १५ हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाएको हो।
विपद्को समयमा पीडित परिवारलाई आफ्नो तर्फबाट समेत सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ रकम प्रदान गरिएको समूहले जनाएको छ। माडीका विभिन्न समूह, सहकारी, संघसंस्थाहरूले सामुहिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हालसम्म लाखाैं रूपैंया सहयोग पठाइसकेका छन् ।




