चितवन खबर पोष्ट

माडीका प्रमुख प्रशासकीय अधिकृत भुसालको बिदाइ, प्रशासनिक सुधारमा योगदानको स्मरण

चितवन, ०२ असोज २०८३ — माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको बिदाइ गरिएको छ। नियमित सरुवाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका सरुवा भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता थियो।

माडीमा करिब १८ महिना जिम्मेवारी सम्हाल्नुभएका भुसालको कार्यकालमा प्रशासनिक सुधार, सुशासन, आर्थिक पारदर्शिता, बेरुजु न्यूनीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन पहल भएको कार्यक्रममा सहभागीहरूले बताए।

बिदाइ कार्यक्रममा नगर प्रमुख महतोसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले भुसालको कार्यशैली र योगदानको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका थिए। त्यस क्रममा भुसालले माडीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत भुसालको करीब २ बर्ष लामो कार्यकालमा माडी नगरपालिकामा मुख्यतः विधिको शासन, संस्थागत सुधार, कर्मचारी परिचालन एवं व्यवस्थापन तथा बेरुजु न्यूनिकरण लगायतका प्रशासनिक पक्षमा निकै सुधार भएको छ । साप्ताहिक सरसफाइ अभियानदेखि नागरिकसंगको सहकार्य र जनसहभागितामा भुसालको कार्यशैली चीरस्मरणीय रहनेछ ।

— — —

तपाईको प्रतिक्रिया