चितवन खबर पोष्ट

माडीमा छैटौँ शनिबारीय भजन श्रृंखला असोज ३ गते हुने

चितवन, ०१ असोज २०८३ — माडी युवा भजन समिति (MYBC) को आयोजनामा छैटौँ शनिबारीय भजन श्रृंखला आगामी असोज ३ गते शनिबार सञ्चालन हुने भएको छ ।

‘सांस्कृतिक पुस्तान्तरण अभियान’अन्तर्गत आयोजना गरिने सो भजन श्रृंखला शनिबार साँझ ७ बजेदेखि माडी-८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अभियन्ता सन्तोष अधिकारीले जनाउनुभयो ।

भजन, संस्कृति र पुस्तान्तरणलाई जोड्दै साप्ताहिक रूपमा हरेक शनिवार साँझ सञ्चालन हुँदै आएको अभियान (कार्यक्रम)मा सम्पूर्ण श्रद्धालु तथा संस्कृतिप्रेमीलाई उपस्थितिका लागि आग्रह गरिएको छ

तपाईको प्रतिक्रिया