चितवन खबर पोष्ट

स्वर्गीय खिमानन्द न्यौपानेको स्मृति दिवसमा चौबीसकोठीमा वृहत् रक्तदान हुने

चितवन, ०१ असोज २०८३ — चितवनमा पछिल्लो समय रक्तदान अभियान विस्तार हुँदै गएसँगै विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना हुन थालेका छन्। करिब एक दशकअघि मृत्यु संस्कारमा समेत रक्तदान गर्ने अभ्यास सुरु भएको चितवनमा अहिले स्मृति दिवसमा पनि रक्तदानलाई प्राथमिकता दिन थालिएको छ।

करिब दुई दशकदेखि रक्तदान अभियानमा सक्रिय वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुवा खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा यही शनिबार बिहान ७ बजेदेखि भरतपुरको चौबीसकोठीमा वृहत् रक्तदान कार्यक्रम हुँदैछ।

न्यौपाने परिवार र वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालको आयोजनामा हुने कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य र चितवन मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोग रहनेछ। सोही अवसरमा रक्तदान अभियानमा सक्रिय अभियन्तालाई राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार समेत प्रदान गरिने हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया