चितवन खबर पोष्ट

भोटेकोसी बाढीपीडितका लागि चितवन सेवा समाजको ५१ हजार सहयोग

चितवन, ०१ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले आफ्नो संस्थागत तर्फबाट ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको हो। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको सहयोग तथा उद्धारमा योगदान पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समाजले जनाएको छ।

रकम जम्मा गरेको बैंक भौचर समाजले आज एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेको हो।

तपाईको प्रतिक्रिया