चितवन खबर पोष्ट

माडी मावि बसन्तपुरमा कक्षा १२ द्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

चितवन, ०२ असोज २०८३ — माडी माध्यमिक विद्यालय, बसन्तपुरमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका छन्।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख तथा विशिष्ट अतिथिका रूपमा माडी–३ का वडाध्यक्षको उपस्थिति रहेको थियो।

कक्षा १२ का विद्यार्थी नवीन सुवेदीले अध्यक्षता गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चोकलाल (राजन) काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक लेखराम महतोले कार्यक्रम सञ्चालन (सहजिकरण) गर्नुभएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा स्वागत कार्यक्रमसँगै जलपानसमेत गरिएको थियो। कार्यक्रम कक्षा ११/१२ संयोजक तोयानाथ तिवारीको संयोजनमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया