चितवन, ०३ असोज २०८३ — संविधान दिवस २०८३ को अवसरमा माडी नगरपालिका–३, बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा संविधान निर्माणमा योगदान पुर्याउने ज्ञात–अज्ञात व्यक्तित्व तथा सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको संरक्षण र कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

विज्ञापन १








