चितवन, २२ कार्तिक ३०८३ । चितवन जिल्लास्तरीय प्रथम दिलमाया पुस्तक भण्डार कप भलिबल प्रतियोगिताको उपाधि माडी नगरपालिका–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले जितेको छ। फाइनल खेलमा जानकी माध्यमिक विद्यालयलाई पराजित गर्दै जनकल्याण मावि च्याम्पियन बनेको हो।
चितवन जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता छात्र तथा छात्रा विधामा सञ्चालन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै जनकल्याण माविका खेलाडीहरूले उपाधि जित्न सफल भएका हुन्। यस उपलब्धिका लागि विद्यालयले खेलाडी विद्यार्थीहरूलाई बधाई दिँदै प्रशिक्षक, शिक्षक, अभिभावक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।










