चितवन, २१ कार्तिक ३०८३ । सम्पूर्ण नेपालीहरुको आरोग्यताको कामना गर्दै माडी आयुर्वेद औषधालय बरुवामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ ।
दिवसका अवसरमा शनिवार बिहान माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र वडाध्यक्षहरु एवं स्थानीयबासीहरु औषधालयमा गई समस्त माडीबासी एवं नेपालीहरुको सु-स्वास्थ्य एवं आरोग्यताको प्रार्थना गर्नुभएको हो ।
औषधालय व्यवस्थापन समितिका अध्यक्ष एवं माडी-२ का वडाध्यक्ष डण्डपाणी पौडेलको अध्यक्षता र विभिन्न संघसंस्था र स्थानीयबासीहरुको सहभागितामा सम्पन्न सो दिवसीय कार्यक्रममा पण्डित रामजी सापकोटाले स्त्रोत्र पाठ गर्दै भगवान धनवन्तरीको पूजा गर्नुभएको थियो ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइने गरिन्छ । आजको दिनलाई आयुर्वेदका डाक्टरहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा समेत लिने गर्छन् ।










