चितवन, २० कार्तिक, २०८३ । नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अध्यागमन विभागले १० विदेशी नागरिकलाई निष्कासन गरेको छ । विभागले उनीहरूलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूले पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधि गरी अध्यागमन कानुन उल्लंघन गरेका थिए ।
निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन नागरिक छन् । उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । निष्कासितमध्ये एक नाबालकलाई भने आमाबुवासँगै पठाउने निर्णय गरिएको विभागले जनाएको छ । उनीहरू गत कात्तिक ११ गते पक्राउ परेका थिए ।










