काठमाडौं, २० कार्तिक, २०८३ । नेपाल प्रहरीको प्रमुखबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । अदालतका रजिस्ट्रार ठगिन्द्र कटेलका अनुसार कार्कीको मागबमोजिम कात्तिक ३० गतेका लागि पहिलो पेसी तोकिएको छ ।
कार्कीले बिहीबार रिट निवेदन पेस गरे पनि अध्ययन भइरहेको भन्दै अदालत प्रशासनले तत्काल दर्ता गरेको थिएन । शुक्रबार उक्त निवेदन दर्ता गरिएको हो । सरकारले बुधबार कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।










