आईजीपी परिवर्तन किन गरियो, सरकारले कामबाट देखाउनुपर्छ : रवि

चितवन, २० कार्तिक, २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने व्यवहारबाट देखिनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले त्यसको पुष्टि व्यवहारबाट देखिनुपर्ने धारणा राखे ।

“आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने सरकारले औचित्य प्रमाणित गर्छ, प्रधानमन्त्रीले आएर स्टेटमेन्ट दिनुहुन्छ होइन नि । किन गर्नुपरेको रहेछ भन्ने त व्यवहारले देखाउँछ नि भोलि । ए भनेर,” रविले भने, “त्यो देखाउनुपर्‍यो भनेको, त्यो देखाउनुपर्‍यो त अहिले नि भन्छु नि ।”

उनले प्रधानमन्त्री वालेन शाह (बालेन) र आफ्नो फोटो यता–उति हाल्दैमा आफूले नपत्याउने बताए । “कसैले बालेनजीको यतापट्टी मेरो फोटो हालेर पत्याउँछु र ? यसको अर्थ त्यो होइन हामी कुनै षड्यन्त्रमा छौँ । त्यो होइन,” उनले भने । उनले प्रधानमन्त्री र आफूमा फाटो नरहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया