चितवन, १९ कार्तिक, २०८३ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले २३ वर्ष लामो राष्ट्रिय टोलीको यात्रा टुङ्ग्याउने निर्णय सुनाएका हुन् ।
१८ वर्षको उमेरमा सन् २००३ मा पोर्चुगलको सिनियर टोलीबाट डेब्यु गरेका रोनाल्डोले २३४ खेलमा १४६ गोल गरेका छन् । उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप र २०१९ तथा २०२५ मा नेसन्स लिगको उपाधि जितेको थियो । उनी लगातार ६ पटक विश्वकप खेल्ने खेलाडीसमेत हुन् ।










